काठमाडौं आउन-जान पूर्ण रूपमा रोक

२९ श्रावण २०७७, बिहीबार
प्रतीनिधिमुलक तस्विर

काठमाडौं साउन २९ । कोरोनाभाइरस संक्रमित संख्या बढ्दै गएपछि, काठमाडौं भित्रिने र बाहिरिने का लागी सवारी पास वितरण गर्न गृहमन्त्रालयद्वारा रोक लागाएको छ ।

गृहमन्त्रालयद्वारा सबै जिल्ला प्रशासनलाई दिइएकाे निर्देशनमा ‘कोभिड १९ को जोखिमलाई मध्यनजर गर्दै अर्को व्यवस्था नहुन्जेलसम्मका लागि सवारी पास वितरण नगर्न, नगराउनुहुन आदेशअनुसार अनुरोध छ।’ सो ले गर्दा  काठमाडौं भित्रिने र बाहिरिने  जान पाइने छैन।

नेपाल सरकार गृह मन्त्रालयले  साउन २९  गते  देखि कार्यान्यवन हुने गरि सबै (७७) जिल्ला प्रशासन कार्यालयलाई सवारी पास वितरण नगर्न पत्राचार गरेको थियो ।

पास वितरण बन्द भएतापनि अत्यावश्यक सामान बोकेका सवारी साधन र एम्बुलेन्स भने चल्न पाउने छन्।