विराटनगरमा ६० नयाँ संक्रमित थपिए

२९ श्रावण २०७७, बिहीबार

विराटनगरमा एकै दिन ६० जना नयाँ संक्रमित थपिएका छन, र प्रदेश १ मा ११५ संक्रमित थपिएका छन् ।  प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार संक्रमितमध्ये सबैभन्दा धेरै वडा नम्बर ९ थपिएका छन् । वडा ९ मा ९ जना संक्रमित देखिएका छन् भने वडा १२ मा ८ जना थपिएका छन् ।

त्यसैगरी ,वडा २ मा २ जना, वडा ३ मा ५, वडा ५ मा ४, वडा ६ मा ५, वडा ७ मा २, वडा ८ मा ६, वडा १० मा ४, वडा ११ मा २, वडा १२ मा २, वडा १६ मा १ र वडा १७ म ४ गरी , वडा नखुलेका अन्य ६ जना संक्रमित गरी जम्मा ६० जना थपिएका छन् ।

विराटनगरको कोरोना संक्रमितको संख्या चार सय १५ पुगेको छ ।