जगदम्बा स्टिलमा भएका ६ जना कोरोना संक्रमित मजदुरहरू फरार

२९ श्रावण २०७७, बिहीबार

बारा, २९ साउन । जगदम्बा स्टिलमा भएका ६ जना भारतीय मजदूरहरू फरार छन् । ११ जना मजदूरमा मंगलबार कोरोना संक्रमण पुष्टि भएको थियो । जिल्ला अधिकारी रुद्र प्रसाद पण्डित अनुसार ६ जना भारतीय मजदूरहरू फरार रहेको छ ।

जगदम्बा स्टिल उद्योगलाई ६ जना संक्रमित व्यक्तिहरूको मोबाइल नम्बरसहितको विवरण सार्वजनिक गर्न र  स्वास्थ्य संस्थामा को  माध्यम बाट आइसोलेशनमा राख्ने व्यवस्था मिलाउन निर्देशन दिइएको छ ।

जिल्ला प्रशासनले उद्योगलाई पत्र लेख्दै, कन्ट्रयाक्ट ट्रेसिङ गर्न को लागी कोरोना संक्रमित व्यक्तिहरूको सम्पर्कमा आएका व्यक्तिहरूको विवरण सार्वजनिक गर्न निर्देशन दिइएको छ ।

जगदम्बा स्टिल उद्योगमा, मजदूरहरूको पिसिआर परीक्षण नहुँदासम्म, निषेधाज्ञा लागू गरिएको छ । निषेधाज्ञा अवधिमा मजदूर तथा कर्मचारीलाई भित्रबाहिर गर्न रोक लागिएको छ