आरती स्ट्रिप्समा कोरोना संक्रमितको संख्या ५१ पुग्यो

२९ श्रावण २०७७, बिहीबार

विराटनगर, २८ साउन ।आरती स्ट्रिप्समा कोरोना संक्रमण संख्या २१ थपिएसँगै कोरोना संक्रमित मजदूर तथा कर्मचारीको संख्या ५१ पुगेको हो ।

जिल्ला मोरङ बुढीगंगा गा.पा स्वास्थ्य संयोजक बासुदेव रेग्मीका अनुसार बिहीबारसम्म दुईसय जनाको पीसीआर जाँच गर्दा ५१ जनाको पीसीआर पोजेटिभ आएको हो ।

कार्यरत मजदुर मध्य ३० जना मा कोरोना संक्रमण पुष्टि भएको थियो । हाल सो मध्ये दुईजना फरार छन् ।

उद्योगकै आइसोलेशनमा संक्रमित मजदूर छन् । होम आइसोलेशनमा दुई जना कर्मचारी छन् ।