विराटनगरमा पुरुषको पहिलो रिपोर्ट नेगेटिभ, दोस्रो पोजेटिभ

३० श्रावण २०७७, शुक्रबार
प्रतिनिधिमूलक तस्वीर

विराटनगर, ३० साउन । कोरोनाका कारण  विराटनगर - १५ का  पुरुषको मृत्यु भएको खुलेको छ ।

विराटनगर - १५ का  पुरुषको पहिलो रिपोर्ट नेगेटिभ आएको र दोस्रो पटक परीक्षण गर्दा भने पोजेटिभ आएको हो।

बिहीबार बिहान १०:३० बजेतिर, विराटनगर - १५ का  पुरुषको कोरोनासँग मिल्ने लक्षण देखिएकाले ११ बजेतिर स्वाब संकलन गरिएको थियो । मृत्यु भइसकेपछि रिपोर्ट नेगेटिभ आए पनि सो लाई चिकित्सकले विश्वास गरेनन् ।शंका लागेर पुनः दोस्रो पटक राति ११ बजे परीक्षणका लागि स्वाब संकलन गर्दै प्रयोगशालामा पठाएका थिए ।

संकलन गरिएको स्वाबको रिपोर्ट शुक्रबार बिहान ५ बजे पोजेटिभ आएको कोशी अस्पताल कोरोना आइसोलेसनका संयोजक एवं बरिष्ठ फिजिसियिन डा. लक्ष्मीनारायण यादवले जानकारी दिएका हुन ।

बिरामीको शव परिवारका सदस्यलाई नदिइकन स्वाब नमुना को परीक्षण लिइएको थियो ।

विराटनगरमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६ पुगेको छ ।यसअघि मृत्यु हुनेमा विराटनगर–९ का २ , ३, ५ र १० नम्बर वडाका एक/एक जना पुरुष छन् ।