प्रदेश १ सरकार द्वारा स्थानीय तह र अस्पतालहरुलाई रकम निकास

३० श्रावण २०७७, शुक्रबार
SHER DHAN

कोरोना भाइरस नियन्त्रण तथा उपचारको थप व्यवस्था मिलाउन प्रदेश १ सरकार द्वारा  स्थानीय तह र अस्पतालहरुलाई रकम निकास गरेको छ ।

१ करोड ६० लाख रकम प्रदेश सरकारले आइसोलेसन केन्द्र स्थापना र सञ्चालनका लागि उपलब्ध गराएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

१० शय्या क्षमताको आइसोलेसन केन्द्र बनाउन ११ वटा जिल्ला अस्पतालहरुलाई बजेट उपलब्ध गराइएको छ।