लाइप्जिग च्याम्पियन्स लिगको सेमिफाइनलमा

३० श्रावण २०७७, शुक्रबार
Photo: Reuters

शुक्रबार बिहान भएको खेलमा जर्मन क्लब लाइप्जिग च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छन् । स्पेनिस क्लब एट्लेटिको मड्रिडलाई २–१ ले हराउँदै लाइप्जिग सेमिफाइनमा प्रवेश गर्न सफल भएको हो। लाइप्जिग पहिलो पटक च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको हो ।