त्यो बेलाको mig33 को रमाइलो अहिलेका लाई के थाहा ?

३० श्रावण २०७७, शुक्रबार

एक बेला थियोे जब mig33 भन्ने सामाजिक संजाल निकै चलेको पाइन्थ्यो । करिब एक दसक अघिको कुरा हुनु पर्छ जुन बेला युवा पिढिमा mig33 मन , मस्तिष्कमा नै छाएको थियो ।

“ओइ तेरो लेवल कति पुर्याइस” यो प्रश्न साथी भेट्दा होस वा फोन गर्दा होस सुरुमा नै दुई mig चलाउनेको संवाद हुदा हुने गर्दथ्यो । mig level ले आफ्नो शान नै छुट्टै भएको महसुस गराउथ्यो ।

क्लासमा होस वा बाटो हिन्दा होस टाउको उधो पारेर mig चलाउदै हिन्दा कतिपयको त टाउको ठोकिएर वा नालीमा छिर्दा मात्र होस आउथ्यो । बेला बेला मोबाइल चलाउदै हासेको देखेर परिवार तथा अन्य बाट ‘ओइ त बहुलाइस’ भन्ने प्रश्न त कति आउथ्यो कति ।

mig को दुनियाँ नै अर्कै भएको महशुस हुन्थ्यो । mig कै कारण झगडा हुने गर्थ्यो भने थुप्रैको लब पनि mig बाटै पर्थ्यो ।

mig games को त यति लत लाग्थ्यो कि पकेट खर्च वा खाजा खर्च बचाइ रिचार्ज काड किनि किनि मर्चेन्ट सङ क्रेडिट किन्नु पर्थ्यो । कति पय मर्चेन्ट ले रिचार्ज खाइदिदा जिल्लै पनि हुनु पर्ने हुन्थ्यो ।कति पय मर्चेन्टको त आमदानीको श्रोत mig33 थियो भने ठग मर्चेन्ट पनि कम हुदैन थिए ।

mig33 बाटै लब परेर अहिले २-४ जना बालबच्चा को बुबाआमा हुने पनि कम छैनन् होला अहिले ।

जिबन साथी बाहेक धेरैले नजिकका साथी पाए अझै पनि mig बाट भेटिएका साथी हरु सङ नजिक को सम्बन्ध रहेको छ ।

त्यो बेलाको पल र mig33 को सम्झना कुनै अरु सामाजिक संजालले पुर्ती गर्न न सक्ने बताउनु हुन्छ एक इटहरीका पुरानो mig33 user ।

समयको बदलाब सङै बिस्तारै mig33 को प्रयोगकर्ता घट्दै गए र अहिले बन्द अवस्थामा छ ।-News Nagari