डाक्टर र नर्ससहित थप पाँच जनालाई नोबेल मेडिकल कलेजमा कोरोना संक्रमण

३० श्रावण २०७७, शुक्रबार

साउन ३०, विराटनगर । डाक्टर र नर्ससहित थप पाँच जनालाई नोबेल मेडिकल कलेजमा कोरोना संक्रमण पुष्टि भएकाे छ ।

एक डाक्टर, एक नर्स, दुई औषधि पसलका कर्मचारी र एकजना प्रशासनका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको हो । यसैसँग नोबेल मेडिकल कलेजमा संक्रमित संख्या ९ पुगेको छ ।

गत शनिबार, नोबेलमा कार्यरत दुई चिकित्सकमा कोरोना संक्रमण देखिएको थियो, कन्ट्याक ट्रेसिङ गर्ने क्रममा, सोमबार एक नर्सको पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो ।

नोबेलमा २२४ जनाको पीसीआर जाँच संकलन गरेको छ र सोमध्य ७० जनाको रिपोर्ट आउन बाँकी छ ।