सरकारले सक्दैन : अब आफ्नै खर्चमा कोरोना परीक्षण गर्नु

३० श्रावण २०७७, शुक्रबार

काठमाडाैँ– अब सरकारले सबैको कोरोना परिक्षण गर्न नसक्ने संकेत गर्दै, स्वास्थ्य मन्त्रालयले व्यवसायी तथा कर्मचारीहरुलाई अनिवार्य रुपमा आफ्नै खर्चमा पीसीआर परीक्षण गर्न सरकारले सुचना जारी गरेको छ आफ्नै खर्चमा अनिवार्य पीसीआर परिक्षण गराउन उर्दी जारी गरेको छ ।

होटल, रेष्टुरेन्ट, मल, लगायतका व्यवसायमा संलग्न व्यवसायी तथा कर्मचारीहरुलाई पीसीआर परीक्षण अनिवार्य रुपमा गर्न सरकारले भनेको छ।

बुधबार विज्ञप्तिमा जारी गर्दै कोरोना संक्रमणको जोखिम लाई मध्यनजर गरी व्यवसाय, उध्योगहरुमा, अनिवार्य  पीसीआर जाँच गर्नुपर्ने जनाएकाे हाे।

‘नेपालका घना बस्ती भएका जिल्लाहरुमा विभिन्न सहरहरुमा कोभिड–१९ को संक्रमण बढ्दै गएको पछिल्लो अवस्थामा विभिन्न सपिङ मल, रेष्टुरेन्ट, होटल आदि उद्योग, व्यवसायमा संलग्न हुने व्यक्तिहरु धेरैको सम्पर्कमा आउने र जोखिम हुने अवस्था छ। त्यसैले यस्ता व्यवसायमा संलग्न हुने कर्मचारी तथा व्यवसायीहरुको सम्बन्धित उद्योग व्यवसायीहरुले आफ्नै खर्चमा अनिवार्य पीसीआर परीक्षण गर्ने गराउने गर्नु गराउनु हुन अनुराेध गरिन्छ’, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ।