नेपालका युवाले पत्ता लगाए इन्स्टाग्रामको सुरक्षा कमजोरी

३१ श्रावण २०७७, शनिबार

लोकप्रिय फोटो तथा भिडियो प्ल्याट्फर्म इन्सटाग्राम फेसबुक मातहतको कम्पनी हो। विश्वभर लोकप्रिय यस एप्पको हालसालै एक कमजोरी पत्ता लगाइ समाधान गरिएको खबर हाल प्राबिधिक क्षेत्रमा छाइ रहेको छ ।

कुनै पनि समाजिक सन्जाल कम्पनीले आफ्ना प्रयोगकर्ताको विवरण प्रयोग गर्ने व्यक्तिले मेटाइसकेपछी पनि केही समयका लागि कम्पनीकै सर्भरमा रहनुलाई सामान्य मानिन्छ तर नेपालकै एक साइबर सुरक्षा सम्बन्धी अनुसन्धान गर्ने २१ बर्षका सौगात पोखरेलले जब आफ्नो पुराना तथा कम्पनीका सर्भरमा रहेका सबै तथ्यांक डाउन्लोड गरे तब उनले धेरै बर्ष पहिलेका आफ्ना मेटाएका डाटाहरुनि हासिल गरेपछी यो कुरा बाहिर आएको हो ।

उनले यो कुरा सम्बन्धित कम्पनिका सुरक्षा टिमलाइ जानकारी गराएपछी यस समस्याको समाधान कम्पनीले गरिसकेको छ ।

उनले यस कमजोरी गत अक्टोबरमै पत्ता लगाएपनी समस्या समाधान नभए सम्म बाहिर कमजोरि खोल्न नमिल्ने कम्पनिको नियमले हालसालै मात्र यो कुरा बाहिर आएको हो।

उनलाइ कम्पनीको बग बाउनटी कार्यक्रम अन्तर्गत ६ हजार अमेरिकी डलरले पुरस्कृत पनि गरिएको छ ।

नेपालमा बढ्दै गरेको प्राबिधिकमा पहुच तथा रुचिले नेपालमा पनि प्राबिधिक क्षेत्र बिकास गर्ने तथा यसका सुरक्षाका लागि कामगर्ने संख्या बढ्ढो रुपमा छ ।