
विराटनगर, ३१ साउन । आज विराटनगरमा २५ जना संक्रमित थपिएका छन् । विराटनगर महानगरपालिका जनस्वास्थ्य अनुसार संक्रमित मध्य १७ जना पुरुष र ८ जना महिला संक्रमित थपिएका छन् ।
नयाँ थपिएका संक्रमितहरु ८ वर्षदेखि ६६ वर्ष उमेर समूहका छन् ।
कुन वडामा कति संक्रमित
-विराटनगर १ मा १ जना
-विराटनगर ३ मा ५ जना
-बिराटनगर ५ मा २ जना
-बिराटनगर ६ मा ५ जना
-बिराटनगर ८ मा १ जना
-बिराटनगर ९ मा २ जना
-बिराटनगर ११ मा १ जना
-बिराटनगर १३ मा १ जना
-बिराटनगर १५ मा १ जना
-बिराटनगर १६ मा ३ जना
-बिराटनगर १७ मा २ गरी जम्मा २५ जना संक्रमित थपिएका हुन ।