पछिलो २४ घण्टामा देशभरमा थप ४६८ जनामा कोरोना, संक्रमितको संख्या २६ हजार नाघ्यो

३१ श्रावण २०७७, शनिबार

विराटनगर, ३१ साउन । नेपालमा थप ४६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ४६८ जना कोरोना संक्रमित थपिएका हुन ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २६ हजार १९ पुगेको छ । काेराेना संक्रमणका कारण थप तीन जनाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेकेा संख्या १०२ पुगेकाे डाक्टर गाैतमले बताए ।