१७ हजार संक्रमण मुक्त, १०२ मृतकको संख्या

३१ श्रावण २०७७, शनिबार

विराटनगर, ३१ साउन । १७ हजार २०१  जना नेपालमा कोरोना मुक्त भएका छन् ।

कोरोना बाट संक्रमितको संख्या २६ हजार १९ छ । सोमध्ये ८ हजार १९३ जना आइसोलेशनमा छन् र १०२ जनाको मृत्यु भइसकेको छ ।

प्रदेश १ मा ९ जना, प्रदेश २ मा ४४ जना, बागमती प्रदेशमा १८ जना, गण्डकी प्रदेशमा ६ जना, प्रदेश ५ मा १० जना, कर्णली प्रदेशमा ८ जनाको मृत्यु भएको छ ।