व्यक्तिगत गोप्नियता को महत्त्व र कानुन:

३२ श्रावण २०७७, आईतवार

प्रबिधिको बिकास तिब्र छ । दिनदिनैका नयाँ नयाँ आविस्कार, खोज, भैरहेको र सो ले मानिस लाई अनेको लाभ गरेको छ । यस विद्युतिय चल्-खेल को बेलामा कती जना मानिसले मान्सिक यातना, दुव्र्यवहार व्य्होरनु परेका छ, सो समस्या को के कुनै उपाय् छैन ?

अहिलेको समय इन्टरनेटको धेरै बिकास र बिस्तार छ, तर यस बाट हुने नकारात्मक क्रियाकलाप तथा दुव्र्यवहारबाट हामि बच्न बचाउन सक्षम छौ त ?

फेसबुकमा एउटा पोस्ट पढियो, जहाँ एउटा मानिस ले अफ्नो महिला साथी सँग गरेको गोप्य कुरा कानी लाई समाजिक सन्जाल् मा सार्बजनिक पारि, सो महिला साथी को गोप्य्ता भङ गरी निज लाई हसी को पात्र बनाइन । अब ति प्र्योग्कर्ता लाई अरु कोही सँग कुरा गर्न मा डर लाग्न स्वभाविक होईन ? साच्चै के यो तरिका सहि हो ? मानिसको गोपनियताको कुनै सम्मान वा अधिकार छैन ?

यस्तै घटना केही दिन अगाडी काठमाडौमा बीभत्स रुपमा एक पुरुषको लाश भेटियो, र सो भेटेको लाशका अनुसन्धान गर्दा, एउटा महिला लाई पक्राउ गरियो, अनि निजले ब्यानमा उहा को श्रीमानले आपत्तिजनक तस्बिर समाजिक संजालमा सार्बजनिक गरे पछी, निज हत्या गर्न बाध्य भएकी स्वीकार गरिन ।

के ती महिला सँग अरु कुनै उपाए थिएन वा हत्या गर्नु मात्र समस्याको समाधान थियो ? यस्ता धेरै घटना मध्य एक दुई मात्र समाचारका हेड्लाइनमा प्रकाशित हुन्छ । लाजले वा कानुनी उपचार को बारेमा थाहा नभएर मानिसहरु यस्ता घटना बाट शिकार भैरहदा पनि दुव्र्यवहार सहि बस्न बाध्य छन ।

कानुनी उपचार के के छ त ? 

•नेपाल को संविधान २०७२ को भाग -३, मौलिक हक र कर्तब्य अन्तर्ग्र्त धारा २८ गोपनीयताको हकः कुनै पनि व्यक्तिको जीउ, आवास, सम्पत्ति, लिखत, तथ्यांक, पत्राचार र चरित्र सम्बन्धी विषयको गोपनीयता कानून बमोजिम बाहेक अनतिक्रम्य हुनेछ ।

वैयक्तिक गोपनीयता सम्बन्धी ऐन, २०७५ को परिच्छेद-९ विद्युतीय माध्यम र गोपनीयता, द्फा १९ विद्युतीय माध्यमको गोपनीयता हुनेः

(१) प्रत्येक व्यक्तिलाई विद्युतीय माध्यममा रहेको निजको कुनै पनि वैयक्तिक सूचना, लिखत, पत्राचार, तथ्याङ्क वा चरित्र सम्बन्धी कुराको गोपनीयता राख्न पाउने अधिकार हुनेछ।

(२) कसैले कुनै पनि व्यक्तिको विद्युतीय माध्यममा रहेको सूचना, जानकारी, पत्राचार अनधिकृत रूपमा प्राप्त गर्न, त्यसको गोपनीयता भङ्ग गर्न वा अनधिकृत रूपमा कसैलाई उपलब्ध गराउन हुँदैन।

(३) कसैले पनि कुनै दुई वा दुईभन्दा बढी व्यक्तिहरूबीचमा विद्युतीय माध्यमबाट भएका कुनै संवाद वा कुराकानी सम्बन्धित व्यक्तिहरूले मञ्जुरी दिएको वा कानून बमोजिम अधिकार प्राप्त अधिकारीले आदेश दिएकोमा बाहेक कुनै यान्त्रिक उपकरणको प्रयोग गरी सुन्न वा त्यस्तो कुराको ध्वनि अङ्कन वा रेकर्ड गर्न वा गराउन हुँदैन।

तर सार्वजनिक रूपमा गरिएको भाषण वा वक्तव्यको हकमा यस उपदफाको व्यवस्था लागू हुने छैन।

(४) उपदफा (२) वा (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि सम्बन्धित व्यक्तिको मञ्जुरी वा अधिकार प्राप्त अधिकारीको आदेशले कुनै पनि सूचना, जानकारी वा पत्राचार सुन्न, ध्वनि अङ्कन वा रेकर्ड गर्न वा गराउन सकिनेछ।

(५) विद्युतीय सूचना र तथ्याङ्कको गोपनीयता सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।

२०.  सार्वजनिक स्थलमा सिसिटिभि क्यामेरा जडान गर्ने सम्बन्धमाः

(१) कुनै पनि सार्वजनिक स्थलमा सिसिटिभि क्यामेरा जडान गर्न आवश्यक भएमा शौचालय, स्नान गृह वा कपडा फेर्ने कक्ष (चेञ्जिङ रुम) बाहेकका ठाउँमा त्यस्तो क्यामेरा जडान गर्न वा गराउन सकिनेछ।

(२) उपदफा (१) बमोजिम सिसिटिभि क्यामेरा जडान गरेको ठाउँमा सबैले देख्ने र जानकारी पाउने गरी त्यस्तो क्यामेरा जडान गरिएको सूचना दिने व्यवस्था गर्नु पर्नेछ।

(३) कुनै स्थानमा सिसिटिभि क्यामेरा जडान गर्ने सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ।

२१.  निगरानी वा जासुसी गर्न नहुने: कुनै व्यक्तिको आवास वा कुनै कार्यालयको निगरानी वा  जासुसी गर्न वा यस ऐन बमोजिम गोप्य हुने कुनै कुरा प्राप्त गर्ने उद्देश्यले कुनै विद्युतीय माध्यम, फोटोग्राफी वा कुनै तरिका प्रयोग गर्न हुदैन।

२२.  ड्रोन प्रयोग गर्न नहुने: मुलुकको सीमा क्षेत्र वा सार्वजनिक स्थान बाहेक कुनै सार्वजनिक निकाय, पुरातात्विक महत्वको क्षेत्र, सुरक्षा निकायको भवन, संरक्षित क्षेत्र वा खानी तथा खनिजजन्य पदार्थ रहेको क्षेत्र वा कुनै व्यक्तिको आवासमा अधिकार प्राप्त अधिकारी वा त्यस्तो व्यक्तिको अनुमतिविना कुनै किसिमको ड्रोन वा त्यस्तै प्रकृतिको यन्त्र प्रयोग गर्न वा कुनै गोप्य सूचना प्राप्त गर्ने उद्देश्यले कुनै कार्य गर्न हुँदैन।

हरेक साल साइबर अपराध को उछाल विद्युतीय माध्यमको दुरुपयोग प्रस्त देख्न सकिन्छ ।नेपालमा साइबर जोखिमका बारे बिद्यालय तह देखिनै सुरु गरि कानुनी जानकारी प्रदान नगरेमा यसले ठूलो बिपत्तिको रुप नलेला भन्न सक्दैन ।