अन्तर्राष्ट्रिय क्रिकेटबाट सुरेश रैनाले पनि लिए सन्यास

३२ श्रावण २०७७, आईतवार

अन्तर्राष्ट्रिय क्रिकेटबाट  सुरेश रैनाले पनि  सन्यासको घोषणा गरेका छन् ।

इन्स्टाग्राममा उनले धोनीसँग खेल्नु आफ्नो खेल जीवनको सुःखद पक्ष रहेको उल्लेख गर्दै उनीसँगै खेलबाट सन्यास लिन पाउँदा आफूलाई गौरव महसुस भएको बताएका छन् । उनले सबै समर्थकलाई पनि धन्यवाद पनि दिएका छन् ।

रैनाले सन् २००५ मा श्रीलंक विरुद्धको खेलमा एकदिवसीय खेलबाट करिअरको सुरुवात गरेका थिए । उनी त्यसबेला १९ वर्षका थिए ।

उनले तीनै प्रकारको अन्तर्राष्ट्रिय क्रिकेटमा शतक पूरा गर्ने पहिलो भारतीय क्रिकेटको रुपमा कीर्तिमान कायम राखेका छन् । सन् २०११ मा धोनीको कप्तानमा भारतले विश्वकप जित्दा उनी पनि उक्त टिममा सहभागी थिए ।