नोबेल मेडिकल कलेजमा पनि पीसीआर जाँच गरिने

३२ श्रावण २०७७, आईतवार

नोवेल मेडिकल कलेज, विराटनगरमा पीसीआर जाँच सुरु गर्ने भएको छ । पहिलो पटक विराटनगरकोनिजी क्षेत्रबाट  पीसीआर जाँच सुरु गर्न लागेको हो ।

नोबेलले एकसाता भित्र काेराेना जाँच सुरु गर्ने छ । ‘आज भोली भित्र मेसिन आइपुग्छ’ र ‘ अहिले प्रयोगशाला भएको स्थानमा राख्न मिलेन् । छुट्टै स्थानमा सेटअप गर्न केही दिन लाग्छ ।’ नाेबेल मेडिकल कलेजका प्रबन्धक नारायण दाहालले जानकारी दिए ।

सो मेसिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट अनुमति लिएर ल्याइएको हो । प्रदेश १ काे चार स्थानमा काेराेना जाँच हुँदैछ ।विपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, काेशी अस्पताल विराटनगर, प्रदेश जनस्वास्थ्य प्रयाेगशाला विराटनगर र मेची अस्पताल झापामा काेराेना जाँच भइरहेकाे छ ।