दमक पूर्ण लकडाउनमा

३२ श्रावण २०७७, आईतवार

कोरोना संक्रमण समुदायस्तरमा फैलिएपछि, दमकमा नगरपालिकाले आइतबानरदेखि दमकमा पुर्ण लकडाउन गरेको हो ।

दमकमा दूध डेरी बिहानको समयमा २ घण्टा खुल्ने, आपतकालीन औषधी लगायतको आपूर्ति बाहेक सबै किसिमको सेवा बन्द गर्ने निर्णय गरेको छ ।

बिहानैदेखि दमक चौक, हाइवे सेतुमारी मार्ग, फाल्गुनन्द चौक, चिया दोकान सहित बजार क्षेत्र  सुनसान  देखिएको छ ।

हालसम्म दमकमा २१  जनामा संक्रमण पुष्टि भैसकेको छ भने १४ जना उपचार पछि निको भएर घर फर्किसकेका छ्न ।