सिन्धुपाल्चोकमा भोलिदेखि लकडाउन

३२ श्रावण २०७७, आईतवार
प्रतीनिधिमुलक तस्विर

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा कोरोना संक्रमणको जोखिम कम गर्न जिल्लामा लकडाउन गर्ने निर्णय गरिएको छ, (भदौ १) देखि लकडाउन गर्ने निर्णय भएको हो ।

शनिबार बसेको सङ्कट व्यवस्थापन समितिको बैठकले एक सातासम्मका लागि जिल्लामा बन्दाबन्दी गर्ने र तत्काल थप सतर्कता अपनाउनाका साथै नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्डलाई कडाइँका साथ लागू गराइने निर्णय गरेको हो ।

यससँगै भदौ १ देखि अत्यावश्यक कामबाहेक घर बाहिर निस्कन पाउने छैनन् । त्यस्तै सार्वजनिक सवारीसाधन बन्द हुने छ । सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र अत्यावश्यक सेवाका कर्मचारी मात्र हिँडडुल गर्न पाउने छन् । होटल तथा रेष्टुरेन्ट, विद्यालय, सभा, गोष्ठी, तालिम, सेमिनार, प्रदर्शन, सैलुन, खेलकुद गतिबिधि सञ्चालन गर्न पाइने छैन । त्यस्तै, बैंक र गैरसरकारी कार्यालय आवश्यक सेवा प्रदान गर्न बिहान ११ देखि अपराह्न २ बजेसम्म सञ्चालन गर्न दिइनेसमेत निर्णय भएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।