भदौ ७ गतेसम्म बेलबारीमा लकडाउन

३२ श्रावण २०७७, आईतवार

बेलबारी । बेलबारी नगरपालिकाले तीजको बेला भिडभाड र जमघट बढी हुने सम्भाव्ना भएर कोरोना संक्रमणको जोखिम बढ्ने भन्दै लकडाउनको अवधि सात दिनलाई थपेको छ ।

कोरोना रोकथाम सर्वदलिय उच्चस्तरीय नगर समन्वय समितिको आइतबार बसेको बैठकले  नगरवासीको स्वास्थ्यलाई ध्यानमा राख्दै  भदौ ७ गतेसम्म लकडाउन थप्ने निर्णय गरेको छ ।बैंकहरु भने दिनको ११ बजेदेखि २ बजेसम्म खुल्न दिने र अरु सबै बन्द गर्ने निर्णय भएको छ ।

समुदायमा कोरोना संक्रमणको जोखिम फैलने सम्भावना बढेको भन्दै बेलबारी नगरपालिकाले गत साउन २२ गते मध्यरातिदेखि लकडाउन घोषणा गरेको थियो । पहिलो पटक घोषणा भएको लकडाउनको अवधि आइतबार रातिसम्मको थियो ।