प्रदेश १ संक्रमितकाे संख्या दुई हजार नाघ्याे

३२ श्रावण २०७७, आईतवार

प्रदेश १ मा संक्रमितकाे संख्या २ हजार १० पुगेकाे छ । सामाजिक विकास मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ८६, बुढीगंगामा ३, धनपालथानमा २ र कटहरीमा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

मोरङमा ९२, खोटाङमा ६, सुनसरीमा २ र इलाममा १ जना संक्रमित थपिएका छन् । त्यस्तै प्रदेश २ का दुईजना संक्रमित थपिएका छन् ।