कोरोना विरुध एन्ति-वाइरल ड्रग ‘रेमडिसिभिर ’सफल रहेको दाबी

३२ श्रावण २०७७, आईतवार

साउन ३२, विराटनगर । नेपालमा इबोलाविरुद्धको औषधि, एन्ति-वाइरल ड्रग  ‘रेमडिसिभिर ’को प्रयोग सफल रहेको दाबी गरिएको छ ।

विराट मेडिकल कलेजका निर्देशक डा. ज्ञानेन्द्र कार्की को उपचारमा ‘रेमडिसिभिर’को प्रयोगपछि स्वास्थ्यमा सुधार आएको छ । चिकित्सकहरूले प्लाज्मा थेरापी र रेमडिसिभिरको प्रयोगबाट कोरोना संक्रमितको नेपालमा उपचार गर्दा सफल रहेको दाबी गरेका छन् ।

नेपालमा  ‘रेमडिसिभिर’ प्रयोग गर्नसमेत अनुमति दिइएको छ ।