निर्मलालाई न्याय माग्दै प्रधानमन्त्रीको फेसबुकमा २ लाख बढी कमेन्ट

३२ श्रावण २०७७, आईतवार

प्रधानमन्त्री ओलीको फेसबुक पेजमा रहेको प्रोफाइल पिक्चरमा कमेन्टको ओइरो लागेको हो । पछिल्लो २४ घण्टामा निर्मलाको न्यायको माग गर्दै तस्बिरसहितका कमेन्ट बढी देखिएका छन् ।

हालसम्म तस्बिरमा २ लाख बढीले कमेन्ट गरेका छन् । केही कमेन्ट पुराना भए पनि निर्मलाको न्यायको मागसहितका कमेन्ट पछिल्लो २४ घण्टामा बढेका हुन् । तर एकै व्यक्तिले पनि धेरैपटकसम्म कमेन्ट गरेको पाइएको छ । यो अभियान कसले सुरु गरेको खुलेको छैन । यसबारे प्रहरीले चासो दिए पनि आधिकारिक रुपमा कुनै प्रतिक्रिया दिएको छैन । (source:-baahrakhari)