
८७ वर्षीया वृद्धाको शनिबार राति घरमै मृत्यु भयो । निजका छोरा र बुहारी कोरोना संक्रमित भएकाले आइसोलेशनमा छन् ।
नेपाली सेनाको टोलीले, आइतबार राति शव उठाएको छ । आफन्त र छिमेकीले वृद्धाको दाहसंस्कार गर्न नमानेपछि सेनाको टोलीले मोरङको कानेपोखरी जंगल लगेको हो ।
नेपाली सेनाले, कोरोना बाट पोजेटिभ देखिएका मृतकको मात्रै शव व्यवस्थापन गर्छ । नेगेटिभ का आफन्तलाई जिम्मा लगाइन्छ, कोरोना का त्रासले गर्दा आफन्तले मानेन सोले गर्दा सेना खटिएको हो ।
वडा अध्यक्ष विनोद बस्नेतले परिवारका अन्य सदस्य संक्रमित भएका कारण सर्ने डरले छिमेकीहरू घरमा पस्न नमानेको जानकारी दिएका हुन ।