भन्सार कार्यालयका ०४ कर्मचारीलाई कोराना : विराटनगर

१ भाद्र २०७७, सोमबार

भदौं १ । विराटनगर भन्सार कार्यालयमा कार्यरत चार जना कर्मचारीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कार्यालयकी प्रवक्ता सुनिता पौडेल अनुसार २० जना कर्मचारीको स्वाब संकलन गरेर पीसीआर परीक्षण गराइएकोमा ०४ जनामा कोरोना पुष्टि भएको र संक्रमित कर्मचारी तथ्यांक शाखामा कार्यरत रहेको बताइएको छ ।

संक्रमण स्रोत खुल्न सकेको छैन् । अहिले चारै जना संक्रमित कर्मचारी ‘होम आइसोलेसन’मा बसिरहेका छन् । कार्यालयमा कार्यरत अरु ११ जना कर्मचारीको पनि पीसीआर परीक्षणको तयार भइरहेको भन्सार कार्यालयले जनाएको छ । आवश्यक सुरक्षा सवाधानी अपनाएर काम कारबाही सञ्चालन भइरहेको प्रवक्ता पौडेलले बताइन् ।