घट्यो सुनको भाउ

१ भाद्र २०७७, सोमबार
प्रतिनिधिमूलक तस्वीर

भदाै १ ।  सुनको मूल्य नेपाली बजारमा तोलामा २ सय रुपैयाँले घटेको छ । आइतबार तोलामा ९८ हजार ४०० रुपैयाँमा कारोवार भएको सुनको मूल्य सोमबार तोलामा ९८ हजार २०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुन तोलामा ९७ हजार ७०० रुपैयाँमा कारोवार भएको छ । सोमबार चाँदी तोलामा १३ सय १५ रुपैयाँमा कारोवार भइरहेकाे महासंघले जनाएको छ ।