पोखरा महानगर एक साता सिल हुने

१ भाद्र २०७७, सोमबार

आइतबार, संक्रमितको संख्या बढेपछि महानगरमा बसेको सर्वदलीय बैठकले बढ्दो संक्रमितको दर कम गर्न एक साता लकडाउन गर्न सुझाएको थियो ।

पोखरा महानगरका मेयर मानबहालुर जीसीले एक हप्ताको लागि पूरै महानगर शिल हु्ने पुष्टि गरे । अत्यावश्वक बाहेकका सबै सेवा ठप्पा पारिने उनले जानकारी दिए । ‘पूरै सिल गछौं । अत्यावश्यक बाहेकका सबै सेवा बन्द गछौं,’ उनले भने ।

मेयर जीसीका अनुसार सार्वजनिक सवारी ठप्प रहे पनि अत्यावश्यक सेवाका ढुवानी भने रोकिने छैन । राजीतिक दल सहितको छलफलमा संक्रमण दर कम गर्न लकडाउन गर्नुपर्ने सुझाव आएपछि सोमबार राति १२ बजेदेखि भदौ ८ गतेसम्म निषेधाज्ञासहितको लकडाउन गर्ने निर्णय गरिएको मेयर जिसीले जानकारी दिए।

महानगरले लकडाउनको लागि जिल्ला प्रशासन कार्यालयमा सिफारिस गरि सकेको छ । जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले महानगरले गरेको सिफारिस आफूहरुकहाँ नआई पुगेको जानकारी दिए । महानगरको सिफारिस आइसकेपछि विज्ञहरुको छलफलपछि निर्णय लिइने उनले बताए ।