त्रिभुवन विश्वविद्यालयको मातहतका सबै क्याम्पस भदौ १५ गतेसम्म बन्द

१ भाद्र २०७७, सोमबार

कोरोना महामारीका कारण त्रिभुवन विश्वविद्यालयले मातहतका सबै क्याम्पस भदौ १५ गतेसम्म बन्द गर्ने भएको छ ।

विश्वविद्यालयका सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख सूर्यप्रसाद अधिकारीले सूचना जारी गरी शिक्षक तथा कर्मचारीले आफ्नो प्रमुखसँग सम्पर्कमा रही घरबाटै काम गर्ने, भर्चुअल कक्षा सञ्चालन गर्ने र जनसम्पर्क हुने सेवाका कार्य बन्द गर्ने जनाएको छ ।

त्यसैगरी, सूचनामा मातहतका अस्पताल र सेवा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सुरक्षा मापदण्ड पालना गरी सञ्चालन गर्ने उल्लेख छ ।