प्रदेश १ मा थपिए ८३ संक्रमित, कुन जिल्ला मा कती

१ भाद्र २०७७, सोमबार

भदौ १, विराटनगर। प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा ४४, सुनसरीमा ३१, झापामा ७ र प्रदेश १ बाहिरका १ जना कोरोना संक्रमित थपिएका हुन् ।

  • मोरङका ४४ मध्ये २९ जना विराटनगरभित्रका छन् ।
  • सुनसरीका ३१ मध्ये १८ जना धरानमा, ४ जना गढीमा, ४ जना इनरुवामामा, ३ जना देवानगञ्जमा, १–१ जना कोशी र रामधुनीमा भित्रका छन् ।
  • झापाका ७ मध्ये ४ जना दमकमा, २ जना शिवसताक्षीमा, १-१ जना कनकाई र जनकपुरमा रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ हजार ९२ पुगेको छ ।

आज २४ जना प्रदेश १ मा डिस्चार्ज भएका छन् । पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आइसोलेसन अस्पतालबाट १७, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ६, कोभिड १९ आइसोलेसन केन्द्र, चौदण्डीगढी उदयपुरबाट १ जना डिस्चार्ज भएका हुन् । डिस्चार्ज हुनेको संख्या १ हजार ९९ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।