विश्वभरी कोरोना जित्ने एक करोड ४७ लाख पुगे

२ भाद्र २०७७, मंगलवार

विश्वमा संक्रमितमध्ये एक करोड ४७ लाख ७४ हजार तीन सय ६३ जनाले सफल उपचारपछि कोरोना जितेका छन् ।

दुई करोड २० लाख ३४ हजार चार सय ४० संक्रमित मध्ये एक करोड ४७ लाख ७४ हजार तीन सय ६३ जनाले कोरोना पराजित गरेका हुन् । एकै दिन विश्वमा एक लाख ८९ हजार चार सय १६ जना संक्रमित थपिएका छन् ।

कोरोनाका कारण सात लाख ७६ हजार आठ सय दुई जनाको मृत्यु भइसकेको छ । एकै दिन चार हजार २३ जनाले ज्यान गुमाए । ६४ लाख ८३ हजार दुई सय ७५ जना उपचाररत रहेकोमा ६२ हजार ३७ जनाको अवस्था गम्भीर छ ।