युरोपको सर्वाधिक ठूलो क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिगमा आज पहिलो सेमिफाइनल खेल हुँदैछ ।
नेपाली समयानुसार राति १२ः४५ बजेबाट सुरु हुने सेमिफाइनल खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) र जर्मन क्लब आरबी लेइपजिगले खेल्दैछन् ।
पोर्चुगलको राजधानी लिस्बोनस्थित स्टेडियो डा लुजमा हुने यो खेलमा दुवै टोली एक–अर्कालाई हराउँदै पहिलो पटक च्याम्पियन्स लिगको फाइनल पुग्ने योजनामा छन् । यी दुईले पहिलोपटक एक–अर्काविरुद्ध प्रतिस्पधा गर्न लागेका हुन् ।