प्रदेश १ को मोरङ कोरोनाको थलो बन्दै

२ भाद्र २०७७, मंगलवार

प्रदेश १ का १४ जिल्लामध्ये कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा बढी मोरङ प्रभावित बनेको छ ।त्यसपछी झापा, सुनसरी र उदयपुर बढी प्रभावित बनेका छन् । प्रदेशमा अहिलेसम्म दुई हजार ९३ जना संक्रमित फेला परिसकेका छन् । जसमा चार सय ६९ महिला र एक हजार छ सय २४ पुरुष छन् । जम्मा संक्रमितमध्ये मोरङका एक हजार २२ छन् । मोरङका संक्रमितमध्ये दुई सय ९२ महिला र सात सय ३० पुरुष छन् ।

मोरङमा पनि प्रदेश राजधानी रहेको विराटनगर महानगरपालिका सबैभन्दा बढी प्रभावित बनेको छ । विराटनगरमा हालसम्म पाँच सय ९५ जनामा संक्रमण पुष्टि भइसकेको छ । प्रदेश १ मा कोरोनाका कारण एक महिलासहित ११ जनाले ज्यान गुमाइसकेका छन् । मृत्यु हुने सबै मोरङका हुन् । ती मध्ये आठ जना विराटनगरका मात्रै छन् ।