पर्सामा ७ प्रहरीसहित थप ६६ जनामा कोरोना संक्रमण

२ भाद्र २०७७, मंगलवार

वीरगन्ज — सोमबार राति नारायणी अस्पतालमा गरिएको परीक्षणमा थप ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालका चिकित्सक डा.निरजकुमार सिंहका अनुसार ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

६६ जना संक्रमितमध्ये २५ जना पर्साको बहुदरमाई नगरपालिकाका बासिन्दा हुन्

डीएसपी मनोजित कुँवर अनुसार जिल्ला प्रहरी कार्यालय पर्साका ५ जना र वडा प्रहरी कार्यालय विर्ताका २ जना गरी सात जना प्रहरीमा पनि कोरोना संक्रमण पुष्टि भएको हो । यसैगरी वीरगन्ज महानगरपालिका–१० मुर्ति चोकका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगन्जको छपकैयका ५ जनामा पनि कोरोना पोजिटिभ देखिएको छ । संक्रमितमध्ये ९ जना बाराका बासिन्दा हुन् । बाराको परसौनी गाउँपालिकामा ४ जना, पिलुवामा तीन, सिम्रौनगढ७ मा एक र कलैया–६ मा एकजना संक्रमित थपिएका छन् ।