मास्क लगाएर हिँड्न आग्रह गर्दा प्रहरीमाथि कुटपिट

२ भाद्र २०७७, मंगलवार

भदौ २ । शुद्धोधन गाउँपालिकाको लबनी चौराहामा मास्क लगाएर हिँड्न आग्रह गर्दा युवाको समूहले ६ जना प्रहरीमाथि कुटपिट गरेका छन् । लवनी प्रहरी चौकीमा कार्यरत हवल्दारसहित ३ जनाको स्थानीयको कुटाईबाट टाउकोमा गम्भीर चोट लागेको छ ।

रुपन्देहीको मणीग्रामस्थित क्रिमसन अस्पतालमा उपचार भइरहेको छ । सामान्य अवस्थाका मुकेश यादव लगायत ३ प्रहरीको उपचार स्थानीय मेडिकलमा भइरहेको प्रहरीले जनाएको छ । ओरापीको पहिचान भएको भएपनि उनीहरू फरार रहेको कपिलवस्तुका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।