कोरोना संक्रमण नर्समा  देखिएपछि अपरेसन नै प्रभावित

२ भाद्र २०७७, मंगलवार

भरतपुर सेन्ट्रल अस्पतालको तीनजना नर्ससहित ५ जना कर्मचारीमा कोरोना देखिएपछि दिनका अस्पतालमा लागि सेवा बन्द गरेको छ।

स्पतालका डाक्टर अनिलविक्रम कार्की अनुसार स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि स्वास्थ्यकर्मीहरू जोखिममा रहेको भन्दै तत्कालका लागि सेवा बन्द गरिएको छ ।

स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि तीन जना बिरामीको शल्यक्रिया प्रभावित बनेको डा. अनिलविक्रम कार्कीले बताए। ‘तीन जना बिरामीको अप्रेसनको तयारी भइरहेको थियो, त्यही वार्डका नर्समा कोरोना पोजेटिभ देखियो’, उनले भने, ‘तत्कालका लागि स्थगित गरेका छौं।’

नेपाल चिकित्सक संघका केन्द्रीय उपाध्यक्षसमेत रहेका डा.कार्कीले अहिले निजी अस्पतालमा कोरोना संक्रमितको उपचार गराउँदा जोखिम बढ्ने बताए। ‘सरकारले त्यो निर्णय फिर्ता लिनुपर्छ, कुनै एक स्थान छनोट गरेर कोरोना संक्रमितको उपचार गर्ने व्यवस्था मिलाउनुपर्छ’, उनले भने, ‘सबै बिरामीलाई एकै ठाउँमा राखेर उपचार गर्दा अन्य बिरामी पनि जोखिममा पर्ने भए, यसले भयावह अवस्था निम्त्याउँछ।’