नोबेल मेडिकल कलेजका १८ जनामा कोरोना

२ भाद्र २०७७, मंगलवार

भदौं २ ।मंगलबार विराटनगरको नोबेल मेडिकलकलेजमा थप चारजनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १८ पुगेको हो । संक्रमित मध्ये पाँच जना कलेजका डाक्टर, दुई जना प्रशासनका कर्मचारी, चारजना फार्मेसीका र  सात जना नर्स रहेकाे नोबेल मेडिकल कलेजका प्रबन्धक नारायण दाहालले जानकारी दिए ।

अस्पतालले ५४८ जना कर्मचारीको स्वाब संकलन गरेको छ । ती मध्ये मंगलबारसम्म ३७५ जनाको स्वाब परीक्षण हुँदा १८ जनाको रिपोर्ट पोजेटिभ आएको दाहालले बताए । १७३ जनाको रिपोर्ट आउन बाँकी छ ।