प्रदेश १ मा थपिए १३९ काेराेना संक्रमित

२ भाद्र २०७७, मंगलवार

भदौ २। मोरङमा १०५ सहित प्रदेश १ मा आज १ सय ३९ जना कोरोना संक्रमित थपिएका छन् ।

१०५ मोरङमा, २० झापामा ,६ सुनसरीमा, ३ संखुवासभामा, २ उदयपुरमा, पाँचथर र प्रदेश १ बाहिरका २ सहित जम्मा १३९ संक्रमित थपिएका हुन । यो सँग हालसम्मकै उच्च हो । संक्रमण देखिएका मध्ये ४२ महिला र ९७ जना पुरुष छन् ।

•मोरङका १०५ मध्ये ९६ जना विराटनगर, ५ जनाबुढीगंगामा, २ जना सुन्दरहरैचामा, १–१जना ग्रामथान र पथरीशनिश्चरेमा भित्रका,  छन् ।

•सुनसरीका ६ मध्ये ३ जना धरानमा, ३ जना इटहरी भित्रका छन् ।

•झापाका २०  मध्ये ७ जना दमकमा, ६ जना भद्रपुरमा, २ जना झापा गाउँपालिकामा, १ जना कनकाई र ४ जना झापाको स्थानीय तह नखुलेका रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

•उदयपुरको बेलका र त्रियुगामा १–१ पुरुष, पाँचथरको कुम्मायकमा १ महिला र धनुषाका १ महिला र महोत्तरीका १ महिलामा संक्रमण देखिएको छ । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ हजार २ सय ३२ पुगेको छ ।

आज ३४ जना प्रदेश १ बाट डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरबाट १६ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १८ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा मोरङका २०, सुनसरीका १२ र झापाका २ जना छन् । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १ हजार १ सय ३३ पुगेको छ । प्रदेश १ मा आज २ हजार ६ सय ३१ जनाको पीसीआर परीक्षण गरिएको थियो ।