विराटनगरमा थप ९६ जनामा काेराेना संक्रमण, कुन वडामा कति ?

२ भाद्र २०७७, मंगलवार

विराटनगर, २ साउन । आज विराटनगरमा ९६ जना संक्रमित थपिएका छन् । विराटनगर महानगरपालिका जनस्वास्थ्य अनुसार संक्रमित मध्य ३१ महिला र ६५ पुरुष गरी जम्मा ९६ जना कोरोना संक्रमित थपिएका हुन ।संक्रमण पुष्टि भएमा मध्ये ४९ जनाको वडा खुलेको छैन् ।

कुन वडामा कति संक्रमित 

-विराटनगर १ मा १ जना

-विराटनगर २ मा १ जना

-विराटनगर ३ मा १ जना

-बिराटनगर ५ मा १  जना

-बिराटनगर ९ मा १  जना

-बिराटनगर ६ मा ३ जना

-बिराटनगर ७ मा २  जना

-बिराटनगर ८ मा १२ जना

-बिराटनगर १०  मा ४  जना

-बिराटनगर ११ मा १२ जना

-बिराटनगर १२ मा ५  जना

-बिराटनगर १४ मा २  जना

-बिराटनगर १५ मा १ जना

-बिराटनगर १६ मा १ जना।  यो  सँगै विराटनगरमा कोरोना संक्रमितको संख्या ६९१ पुगेको छ ।

मंगलबार प्रदेश १ मा १३९ संक्रमित थपिएका छन । मोरङमा १ सय ५, झापामा २०, सुनसरीमा ६, संखुवासभामा ३, उदयपुरमा २, पाँचथर र प्रदेश १ बाहिरका २ सहित प्रदेश १ मा जम्मा १३९ संक्रमित थपिएका छन् । यो सँग हालसम्मकै उच्च हो । संक्रमण देखिएका मध्ये ४२ महिला र ९७ जना पुरुष छन् ।

याे सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ हजार २ सय ३२ पुगेको छ । डिस्चार्ज हुनेको संख्या १ हजार १ सय ३३ छ ।