भोलिदेखि काठमाडौंमा एक साता निषेधाज्ञा

२ भाद्र २०७७, मंगलवार

 

काठमाडौं उपत्यकामा बुधबार मध्यरातिदेखि भदौ १० गतेसम्म निषेधाज्ञा लागू गर्ने निर्णय गरिएको छ । बुधबार राति १२ बजेबाट लागू हुनेगरि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो।

अत्यावश्यक सेवाका बाहेक कुनै पनि सरकारी, निजी तथा गैरसरकारी कार्यालय तथा सवारी संचालन गर्न पाइने छैन । खाद्यान्न ढुवानी, स्वास्थ्य सेवा र सुरक्षाजस्ता अत्यावश्यक सेवा बाहेकका सवारी संचालन गर्न पाइने छैन । सर्वसाधारणको आवतजावतलाई पनि निषेध गरिनेछ ।

अत्यावश्यक कामबिना घरबाहिर निस्किन पाइनेछैन । यस्तै, यो अवधिमा सार्वजनिक यातायात, अत्यावश्यक बाहेकका निजी सवारी साधन समेत चलाउन पाइने छैन् ।

अत्यावश्यक बाहेकका व्यापार व्यवसाय समेत बन्द हुनेछन् ।