लेइपजिगलाइ हराउदै पीएसजी पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा

३ भाद्र २०७७, बुधबार

एजेन्सी् फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) पहिलो पटक युरोपियन च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ ।

मंगलबार राति भएको पहिलो सेमिफाइनल खेलमा जर्मन क्लब आरबी लेइपजिगमाथि ३–० गोलको जित निकाल्दै पीएसजी उपाधि नजिक पुगेकाे हाे ।

पोर्चुगलको राजधानी लिस्बोनस्थित स्टेडियो डा लुजमा भएको खेलमा पीएसजीलाई जिताउन मार्किन्होस, एन्जल डी मारिया र जुआन बर्नाट भेलास्कोले समान एक–एक गोल गरे । त्यसबाहेक डी मारियाले २ गाेलमा पास मिलाएका थिए ।