१२० जनाको कोरोना संक्रमणका कारण मृत्यु

३ भाद्र २०७७, बुधबार
प्रतिनिधिमूलक तस्वीर

विराटनगर, भदौ ३ । नेपालमा १२० जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार ६ जनाको बुधबार मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या १२० पुगेको  छ ।   मन्त्रालयले बुधबारको ब्रिफिङका क्रममा थप तीन जनाको कोरोनाबाट ज्यान गएको पुष्टि गरेको हो ।

काठमाडाैं र बर्दियाका एक-एक पुरुष तथा माेरङ, भक्तपुर, चितवन र सुनसरीका एक-एक जना महिलाकाे कोरोनाबाट ज्यान गएको मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जनाएको छ ।कोरोना संक्रमितको संख्या २८ हजार ९३८ पुगेको छ । कुल संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या ११ हजार ११८ रहेको छ । बुधबार २१६ महिला र ४६५ पुरुष गरी थप ६८१ जनामा संक्रमण पुष्टि भएको हो ।

नेपालमा कोरोनामुक्त हुनेको संख्या १७७०० संख्या पुगेको छ । पछिल्लो २४ घण्टामा थप १२० जना कोरोनालाई जितेर घर फर्किएका छन् ।