सरकारलाई सर्वोच्चको आदेश : श्रेष्ठलाई कार्यवाहक अध्यक्षका रूपमा काम गर्न दिनू

३ भाद्र २०७७, बुधबार

काठमाडौं । सर्वोच्च अदालतले प्रेस काउन्लिसमा कार्यवाहक अध्यक्षका सम्बन्धमा गरेको सरकारी निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

सरकारले किशोर श्रेष्ठ कार्यवाहक अध्यक्ष रहेकोमा उनलाई हटाउँदै दुर्गा भण्डारीलाई कार्यवाहक अध्यक्ष नियुक्त गरिएको थियो । सो नियुक्ति रोक्न माग गर्दै चेतनाथ धमलाले सर्वोच्च‍मा रिट दायर गरेका थिए ।

न्यायाधीश ईश्वरराज खतिवडाको एकल इजलाशले अन्तरिम आदेश जारी गर्दै भण्डारीलाई किन नियुक्ति गरिएको भन्नेबारे कारण देखाउ आदेश पनि जारी गरेको छ ।

सञ्‍चार मन्त्रालयले आइतबार भण्डारीलाई कार्यवाहक अध्यक्ष नियुक्त गरेको थियो । सरकारले साउन २६ गते प्रेस काउन्सिल नियमावलीमा एउटा बुँदा संशोधन गरेर नयाँ कार्यवाहक अध्यक्ष नियुक्तिको बाटो खोलेको थियो ।

सर्वोच्चको आदेशसँगै श्रेष्ठ नै पुन: कार्यवाहक अध्यक्ष रहने सर्वोच्चका सहप्रवक्ता देवेन्द्र ढकालले बताए ।