पत्रकारसहित १८ जनामा कोरोना संक्रमण : सप्तरी

३ भाद्र २०७७, बुधबार

भदौ ३, सप्तरी, ।  एक पत्रकारसहित १८ जनामा बुधबार कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय सप्तरी अनुसार एक पत्रकार र चार महिलासहित १८ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।

१८ जना मध्ये एक जना पत्रकार पनि छन् ।जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवलेसंक्रमित सबैलाई साईकृष्णा मेडिकल कलेजस्थित आइसोलेशन कक्षमा ल्याउने तयारी गरिएको छ ।साथै उनीहरूको सम्पर्कमा आएकाहरूको पहिचान र स्वाब संकलन कार्य अघि बढेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।