२६४ जनाले जिते कोरोना

४ भाद्र २०७७, बिहीबार

विराटनगर, भदौ ४ । (कोभिड–१९) संक्रमणबाट बिहीबार नेपालमा थप २६४ जना कोरोना भाइरस ( मुक्त भएका छन् । प्रेस ब्रिफिङका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज थप २६४ जनाले कोरोना जितेर डिस्चार्ज भएको जनाएको हो ।

यससँगै कोरोनाबाट मुक्त हुनेको संख्या १७ हजार ९६४ पुगेको छ । कुल संक्रमितमध्ये ६१ प्रतिशतले कोरोना जितेका हुन्