कोरोना संक्रमितको संख्या २९ हजार ६४५ पुग्यो : नेपाल

४ भाद्र २०७७, बिहीबार

विराटनगर, भदौ ४ ।  नेपालमा बिहीबार थप ७०७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको र सोमध्य १९२ महिला र ५१५ पुरुष जना गरी थप ७०७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजको नियमित प्रेस ब्रिफिङका क्रममा जानकारी दिएको हो ।

मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतम अनुसार ३९ प्रयोगशालामा गरिएको ११ हजार ८३२ परीक्षणमा थप ७०७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगै कोरोना संक्रमितको संख्या २९ हजार ६४५ पुगेको छ । कुल संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या ११ हजार ५५५ रहेको छ ।