विराट मेडिकल कलेजमा ६० बेडको होल्डिङ सेन्टर

४ भाद्र २०७७, बिहीबार

विराट मेडिकल कलेज टिचिङ अस्पतालले होल्डिङ सेन्टर सञ्चालनमा ल्याएको छ ।

सामाजिक विकास मन्त्रालयको पहलमा टिचिङ अस्पतालले लक्षणरहितका कोरोना संक्रमितलाई राख्नका लागि ६० शैय्याको होल्डिङ सेन्टर सञ्चालनमा ल्याएको हो ।

होल्डिङ आइसोलेसनको ६० मध्ये २० शैय्या अस्पतालका कर्मचारी र बाँकी ४० वटा शैय्या सर्वसाधारण बिरामीका लागि छुट्याइएको अस्पतालले जनाएको छ ।

होल्डिङ सेन्टरको सञ्चालनका लागि आवश्यक जनशक्ति र व्यवस्थापनका लागि दैनिक एक लाख खर्च हुने अस्पतालले जनाएको छ ।