४९ एसपीको सरुवा (नामावलीसहित)

४ भाद्र २०७७, बिहीबार

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले ४९ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ। सरुवा भएका सबै एसपीलाई भदौ महिनाको तलब सम्बन्धित जिल्लाबाटै खान पाउने गरेर सरुवा गरेको हो । सरुवा सूची अनुसार स्याङ्जामा होविन्द्र बोगटीको सरुवा भएको छ । यस्तै प्रभु ढकालको गण्डकी प्रदेश ट्राफिक कार्यालय तनहुँ सरुवा भएको छ । यसैगरी सन्तोष भट्टराई पाल्पा, सन्तोष सिंह राठौर सर्लाही र प्रविण पोखरेलको रुपन्देही सरुवा भएको छ ।