
विराटनगर, भदौं ४ । एकै दिन ५० जनाले विराटनगरमा कोरोना संक्रमण मुक्त भएका छन् ।विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीका अनुसार बिहीबार ५० जना कोरोना संक्रमण मुक्त भएका हुन ।
- पूर्वाञ्चल विश्वविद्यालय आइसोलेशन गोठगाउँबाट १५ जना,
- विराटनगर –१९ मा रहेको स्वास्थ्य चाैकीकाे हाेल्डिङ आइसोलेशनबाट १८ जना,
- १७ जना होम आइसोलेशनमा बस्नेहरु संक्रमण मुक्त भएका हुन । यो सँगै विराटनगरमा कोरोना संक्रमण मुक्त हुनेको संख्या १४३ पुगेको छ ।
बैजनाथपुर स्वास्थ्य चौकी क्वारेन्टाइनबाट विहीबार ४ जना पत्रकारसहित १८ जनालाई विराटनगर महानगरकाका मेयर भीम पराजुलीले बिदाई गरेका थिए ।