कोरोना संक्रमित नर्स भन्छिन्– ‘प्लीज, हाम्रो परिवारलाई हेला नगर्नुस्’

४ भाद्र २०७७, बिहीबार

काठमाडौँ — नेपालमा बिहीबारसम्म कोरोना संक्रमितको संख्या ३० हजार हाराहारी पुगेको छ । फ्रन्टलाइनमा खटिएर बिरामीहरुको सेवामा खटिएका स्वास्थ्यकर्मी पनि उच्च जोखिममा छन् । उनीहरुमा कोरोना संक्रमण बढ्दै गएको देखिन्छ । भरतपुर सेन्ट्रल हस्पिटलमा कार्यरत २७ वर्षीया नर्स रन्जिता थापामा पनि कोरोना संक्रमण देखियो । कोरोना अनुभव र भोगाइ उनले कान्तिपुरकी बुनु थारुसँग यसरी साटेकी छिन्:

यसैबीच हाम्रो अस्पतालमा एक जना बिरामीलाई कोरोना संक्रमण देखियो । त्यसपछि एक्सपोज भएका स्टाफहरुले पीसीआर गराउने कुरा भयो । म त्यो बिरामीसँग एक्सपोज नभएका कारण त्यति बेला पीसीआर गराइन । तर, अर्को बिरामीलाई पोजिटिभ देखिएपछि हामीले पनि पीसीआर गराउने कुरा भयो । मेरो अगस्ट १८ मा रिपोर्ट आयो । रिपोर्ट पोजिटिभ आयो । हालसम्म हाम्रो अस्पतालमा ५ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भइसकेको छ । सो समबन्ध्मा थप सामाग्री पढ्नु को लागी यहाँ क्लिक गर्नु होला ।