इटहरीका १३६ जनाले पिसिआर जाँचको लागि दिएको स्वाब हरायो

४ भाद्र २०७७, बिहीबार

भदौ ४, इटहरी । पिसिआर रिपोर्ट आउँन ढिलाई भएको इटहरीबासीले गुनासो गरेका छन । संक्रमितका आफन्त तथा कन्टयाक ट्रेसिङ आधारमा लिएको १३६ जनाको स्वाब हराएको छ ।तर इटहरीबाट संकलन भएको स्वाब नै वीपी प्रतिष्ठानमा हराएको पाईएको छ ।

जिल्ला अस्पताल सुनसरीकी सिर्जना लिङ्थेपले इटहरीबाट गत ३० गते वीपी कोईराला विज्ञान प्रतिष्ठानमा पठाईएको स्वाब हराएको बताईन । अघि ५ बजे सम्म इटहरीबाट पिसिआर जाँचको लागि पठाएको स्वाब भेटिएको छैन उनले भनिन् । हामी निरन्तर वीपी कोईराला विज्ञान प्रतिष्ठान सँग कुराकानीमा छौ स्वाब भेटिएको छैन उनले थपिन । भोली सम्म स्वाब नभेटिए उनीहरुको स्वाब पुःन भोलि लिईने इटहरी अस्पतालले जनाएको छ ।

इटहरीमा  ३० गते पिसिआरको लागि स्वाब दिएकाहरुले ६ दिन पुग्दा पनि रिपोर्ट नआउँदा आफुहरु थप समस्यामा परेको गुनासो गरेका छन । रिपोर्ट पर्खन एक साता लागेको एक बैकका कर्मचारीले गुनासो गरे । हामी रिपोर्टको प्रतिक्षामा हुन्छौ तर ६ दिन सम्म रिपोर्ट नआउँदा समस्या भयो उनले भने ।